मेलम्ची बाढीपहिरो अपडेट : थप एकको शव फेला « Khabarhub

मेलम्ची बाढीपहिरो अपडेट : थप एकको शव फेला


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

योसँगै बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् । यही असार १ गते सिन्धुपाल्चोकको इन्द्रावती नदी र मेलम्ची नदीमा आएको बाढी हेलम्बुका साथै मेलम्ची बजारमा पसेको थियो ।

पहिरोले इन्द्रावती नदी थुनिएर फुट्दा एक्कासी लेदोसहितको भीषण बाढी आएको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ५४ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

 काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

दमौली– ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट हुन

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा