अस्करका विद्यार्थीमाझ सुनिए बलिउड आर्ट डिरेक्टर अन्जन « Khabarhub

अस्करका विद्यार्थीमाझ सुनिए बलिउड आर्ट डिरेक्टर अन्जन


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा प्रोडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको रुपमा काम गर्दै आएका अन्जन गजुरेल यतिबेला नेपालमा छन् । उनले बुधबार अस्कर इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज)का विद्यार्थीमाझ आफ्नो अनभव साटे ।

गजुरेलले विद्यार्थीमाझ आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताउदै युद्धमा गएको सिपाही हरेक खाले परिस्थितिका लागि तयार रहे जस्तै आर्ट डिरेक्टर पनि सोही किसिमको विधा रहेको दाबी गरे ।

‘धेरैजसो अवस्थामा निर्देशक र क्यामरामेनलाई पनि थाहा हुन्न कि के चाहिएको हो । कहिलेकाहीँ टेबलमा होमवर्क गरेको कुरा सेटमा परिवर्तन भइदिन्छ,’ उनले भने, ‘अझ तपाईं अनुराग बसुजस्तो मान्छेसँग काम गर्नुहुन्छ भने त तपाईंलाई कहीँ जंगलको बीचमा चोपरले छाडिदिए जस्तो हुन्छ । बाटो पत्ता लगाउने र कहाँ पुग्ने तपाईँ आफैंले निक्र्योल गर्नुपर्ने हुन्छ ।’

२० वर्षदेखि बलिउडका टेलिभिजन सिरिज र फिल्ममा काम गरिरहेका अन्जन पहिलो लकडाउन खुकुलो भएलगत्तै नेपालमा ग्यालेक्सी टेलिभिजनले निर्माण गर्न लागिरहेको ‘सारेगम लिटिल च्याम्स’ र ‘को बन्छ करोडपति’को सेट डिजाइनका लागि आएका थिए ।

अन्जनले बलिउडमा स्टार कलाकार धेरै भएको र उनीहरूलाई लिएर रियल लोकेसनमा सुटिङ गर्न अप्ठेरो भएकाले स्टुडियोमा नै सेट लगाएर सुटिङ गर्ने प्रचलन रहेको खुलाए ।

‘नेपालमा साँच्चिकै लोकेसनमा सुटिङ गर्न सकिन्छ । यो बजेट र फिल्मको लुकको हिसाबले पनि राम्रो हो तर यस्तो ठाउँमा राम्रो आउटपुट निकाल्न निर्देशक, छायांकार र आर्ट डिरेक्टरले राम्रो तयारी गर्नुपर्छ,’ उनको सुझाव थियो ।

करिब डेढ घन्टा विद्यार्थीसँग बिताएका अन्जनले आफ्नो यात्रा सन् २००१ मा स्टारप्लसबाट प्रसारण भएको ‘देशमें निकला होगा चाँद’बाट सुरु भएको बताउँदै यो क्रममा सानाठूला गरी तीन दर्जनभन्दा फिल्म, टेलिभिजन तथा वेब सिरिजमा काम गरेको जानकारी दिएका थिए । उनले पछिल्लो समय भने अनुराग बसु निर्देशित ‘लुडो’मा काम गरेका थिए । विद्यार्थीसँगको अन्तरसंवादमा उनले यो फिल्मको सेट निर्माण र डिजाइनको अनुभव पनि बाँडेका थिए ।

कलेजका प्रिन्सिपल रामराजा दाहालले यो पटक अन्जन गजुरेल आएको मौका छोपेर छोटो समयको अन्तक्र्रिया आयोजना गर्न सकेको भए पनि भविष्यमा कलेजमा यो विषय पढाउने गरी नै तयारी गर्न लागेको जानकारी गराएका थिए ।

‘प्रडक्सन डिजाइन पनि फिल्ममेकिङको महत्वपूर्ण हिस्सा हो भन्ने स्थापित हुँदै गएकाले यसलाई कलेजमा नै पढाउने सोच छ । यही बहानामा पनि हामी अन्जन सरलाई नेपाल बोलाउने तयारीमा छौं,’ उनले भने ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : २० बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा