बैतडी र बझाङमा उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी « Khabarhub

बैतडी र बझाङमा उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- अविरल वर्षासँगै सुदूरपश्चिममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

मंगलबार मौसम अनुकूल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसँगै बैतडी र बझाङस्थित बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने बताइन् । ‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भनिन्, ‘केही स्थानमा हिजोदेखि मानिस फसेको भन्ने जानकारी आएको छ । ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका