झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध, ३६१ परिवार विस्थापित « Khabarhub

झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध, ३६१ परिवार विस्थापित


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – दुई दिनदेखि परेको अविरल बर्षाका कारण झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले ४ दशमलब ३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन ‘कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने बिजुलीको पोल ढल्दा विद्युत सेवा अबरुद्ध छ ।

भद्रपुर विमानस्थल पनि सञ्चालनमा आउन सक्ने अवस्था छैन्,’ प्रजिअ तिमिल्सनाले भने, ‘विस्थापितलाई आफन्त, बिद्यालय तथा मन्दिरजस्ता सार्वजनिक स्थलमा राखिएको छ ।’ उनका अनुसार रतुवा खोलाले दमक–७ स्थित पशुहाटमा रहेका ७ वटा घर बगाएको छ ।

खतराको सीमा पार गरेको कन्काइ माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फवाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन् भने चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन् ।

दमक, भद्रपुर, शिव सताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रजिअ तिमिल्सनाले जानकारी दिए ।

कन्काइ नदी र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ०१ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब