बाढी पहिरोमा परी इलाममा १३ जनाको मृत्यु, २ वेपत्ता « Khabarhub

बाढी पहिरोमा परी इलाममा १३ जनाको मृत्यु, २ वेपत्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन दिनदेखि लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

देउमाई नगरपालिका, फाकथोकथुम गाउँपालिका, सुर्यदय नगरपालिका र माङ्सेबुङ गाउँपालिककाका १३ जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बाढीमा परी मृत्यु हुनेमा फाकथोकथुम गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवाल, सुर्योदय नपा–३ मेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ ।

त्यस्तै माङ्सेबुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरिप्रसाद राईको मृत्यु भएको छ । माई नगरपालिका–३ घर भएका तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको जनाइएको छ । देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३८ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट