सुदूरपश्चिममा बाढी-पहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता « Khabarhub

सुदूरपश्चिममा बाढी-पहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी-पहिरोमा परेर २२ जना बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका आठ र बैतडीका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका ३ का ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडा रहेका छ्न् । बाढी-पहिरोमा परेर डोटीकै सायलका ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादुर बिक, मोहन बिक, १३ वर्षीया पवित्रा बिक, १६ वर्षीया रविन बिकको पनि बाढी-पहिरोमा परेर मृत्यु भएको छ ।

यसैगरी डोटीकै शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरा बलायर, डोटीकै सायल गाउँपालिका ५ की ५५ वर्षीया झुपरी सार्की, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुङ्गेलडको पनि बाढी(पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता बिक्रम चन्दले बताए ।

उता, अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा च्यापिएर डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका ३ की ६५ वर्षीया नर्मदादेवी शाहीको पनि मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

अविरल वर्षाका कारण आएको बाढी-पहिरोमा परेर बैतडीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । यसैगरी बैतडीकी २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की र तीन वर्षीय देवन पार्कीको पनि मर्त्यु भएको छ ।

यसैगरी बाढी(पहिरोमा परेर बझाङमा मृत्यु हुको संख्या आठ पुगेको छ । मृतकमध्ये पाँच जनाको अन्तिम संस्कारसमेत गरिएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका ४ डिक्लामा पहिरोमा परेर बेपत्ता भएकामध्ये तीन जना, छ वर्षीय सुवास सार्की, चार वर्षीय विकास सार्की र सात वर्षीय आयुष पार्की मृत भेटिएका छन् ।

यसैगरी बझाङको छविस पाथिभेरा गाउँपालिका ६ का १० वर्षीय कालु कठायतको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । बझाङकै खप्तडछान्ना गाउँपालिका ४ का धर्मराज रोकायाको घरमाथिबाट पहिरो गएर घर पुरिँदा रोकायासहित उनकी श्रीमती जयसरा रोकायाको समेत ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा वीरु गिरीको ज्यान गएको छ भने उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छन् ।

प्रदेश प्रहरी प्रवक्ता चन्दका अनुसार बझाङको थलारा गाउँपालिका ४ डिक्लामा पहिरोमा परी अझै २० जना बेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी सातवटा घर बगेका र २३ जना बेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हासुदेवी पार्की, सीमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सीता सार्की, परभास सार्की, भूमिका सार्की, सिरन्जीवी सार्की, ईश्वरादेवी सार्की, सन्दीप सार्की र सविना सार्की रहेका छन् ।

सोही ठाउँका सरोज सार्की, शर्मिलाकुमारी सार्की, पम्मा सार्की, मदन सार्की, कलु सार्की र एलिसा सार्की पनि बेपत्ता छन् ।

यसैगरी लगातारको वर्षापछि आएको बाढीमा परी कैलालीमा एक जना बेपत्ता छन् । प्रहरी प्रवक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय वीरे रोका स्थानीय खोलाले बगाउँदा बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण बाढी-पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् । न्यूज कारखाना

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ४० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को