पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु « Khabarhub

पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । मंगलबारदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् ।

यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । यहाँ थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए ।

घाइतेहरुको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरहेको र टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकिरहेको उनले बताए । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले धेरै मानिस बेपत्ता रहेको र उद्धार तथा खोजी जारी रहेको बताए ।

अविरल वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत विवरण प्राप्त भएको छैन । वर्षाकै कारण मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सुरक्षा निकाय उद्धारमा खटिएकाले राजमार्ग तत्कालै खुल्नसक्ने अवस्था छैन । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : १३ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज