बाढी-पहिरो : ७७ को मृत्यु ,२६ जना बेपत्ता « Khabarhub

बाढी-पहिरो : ७७ को मृत्यु ,२६ जना बेपत्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार ७७ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएक छन् । यस्तै २२ जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । यस्तै इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५-५, बैतडी र इलाममा २-२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण