बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो « Khabarhub

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर सोमबारयता बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ८७ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढी पहिरोमा परी २८ जना बेपत्ता भइका छन् । यस्तै ३१ जना घाइते भएका छन् ।

यसअघि बुधबारै गृह मन्त्रालयले ७७ जनाको मृत्यु भएको जानकारी दिएको थियो । २६ जना बेपत्ता भएक छन् । यस्तै २२ जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । यस्तै इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५-५, बैतडी र इलाममा २-२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : २६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को