‘जुलुङ्गो’लाई जुरी अवार्ड « Khabarhub

‘जुलुङ्गो’लाई जुरी अवार्ड


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भर्चुअल रुपमा चार दिनसम्म सञ्चालन भएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो (स्केरक्रो)’ले ‘लघु फिल्म’तर्फको ‘उत्कृष्ट जुरी अवार्ड’ जितेको छ ।

महोत्सवमा लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्म ‘ग्रामर्सी’ उत्कृष्ट घोषित भएको छ । महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ पाएको छ ।

लोरी फेल्करकको फिल्म ‘स्पोटेनस’ले ‘उत्कृष्ट एक्सपेरिमेन्टल’को जुरी अवार्ड, लेमोह्याङ जेरिमाया मोसेजद्वारा निर्देशित ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ले ‘उत्कृष्ट फिचर फिल्म’को जुरी अवार्ड र ‘ग्रान्ड जुरी अवार्ड’ प्राप्त गर्यो ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा फिल्म प्रदर्शन भएका थिए । महोत्सव अवधिभर निःशुल्क फिल्म प्रदर्शन गरिएको थियो ।

महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ०० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ