अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै | Khabarhub Khabarhub

अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् ।

नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ ।

काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा रहेकाले उनीहरु आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।

शुक्रबार साँझसम्म ३१० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका  छन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र