अलपत्र पर्यटकको उद्धार गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन « Khabarhub

अलपत्र पर्यटकको उद्धार गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।

‘लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला’, गृहमन्त्री खाँणले भने ।

वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ५४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को