हिमपातमा फसेका १२ जना जनालाई हेलिकोप्टरमार्फत उद्धारको तयारी « Khabarhub

हिमपातमा फसेका १२ जना जनालाई हेलिकोप्टरमार्फत उद्धारको तयारी


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् ।

लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

ट्रेकिङमा आएका स्लोभेनियाका नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रजिअ आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।

उद्धारका लागि हेलिकोप्टर मगाइएको र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।

२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएको टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियो । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेको रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताए । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । बाटो अवरुद्ध बनेको नाम्खा गाउँपालिका-६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ०३ बजे

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास