हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै बंगलादेश दूतावास अगाडि प्रदर्शन « Khabarhub

हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै बंगलादेश दूतावास अगाडि प्रदर्शन


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बंगलादेश दूतावास अगाडि प्रदर्शन भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको अगुवाइमा दूतावास अगाडि प्रदर्शन भएको हो ।

बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा खबरदारीस्वरुप प्रदर्शन गरिएको संघले जनाएको छ ।

संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। प्रदर्शनका क्रममा सम्बोधन गर्दै संघका अध्यक्ष रवी प्रजापतिले कुनै पनि देशका जनताले आफ्नो धर्म मान्न पाउने अधिकार सरकारले सुरक्षित गरिदिनुपर्ने माग राजदूतसमक्ष राखेको बताए।

बंगलादेशमा अक्टोबर १३ देखि १५ को बीचमा साम्प्रदायिक हिंसा भएको र हिन्दुमाथि योजनाबद्ध रूपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६ सयभन्दा बढी घर जलाइएको संघले जनाएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  २ : २० बजे

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास