रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद « Khabarhub

रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ । बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो । बरामद सबै सामान भन्सार चलान गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ । यो महिना एक करोड ४४ लाख दुई हजार एक सय १० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

यस्तै साउनमा एक करोड २४ लाख ९६ हजार आठ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको छ । प्रहरीका अनुसार बैशाखमा एक करोड चार लाख तीन हजार चार सय १२, जेठमा १२ लाख ७३ हजार आठ सय ८०, असारमा एक करोड पाँच लाख २९ हजार ६ सय ९६, भदौमा ८५ लाख चार हजार दुई सय ८९ र ४ कात्तिकसम्म १९ लाख ९८ हजार एक सय ६० रुपैयाँ बराबरको तस्करीको सामान बरामद भएको छ ।

चाडपर्वको समयमा बढी तस्करी हुने गरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाएको प्रहरी सहायक प्रवक्ता चन्दले बताए । रुपन्देहीका विभिन्न सीमानाकाबाट तस्करी गरी सामान ल्याउने क्रम नरोकिँदा राजश्वमा समेत असर परेको छ । जिल्लाको बेलहिया नाका नेपाल–भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुने गरेका छन् । कुखुराका चल्ला, लागूऔषध, खाद्यान्न, कपडालगायतका सामग्रीको तस्करी बढी मात्रामा हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ४ : १० बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा