बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति « Khabarhub

बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अविरल वर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।

जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिए । जिल्लामा मुख्यरूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी रु २० करोडभन्दा बढीको क्षति भएको उनले बताए ।

लहरे तरकारी, केरा, उखु, काउलीसहितका तीन हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको उनले जानकारी दिए । बाढीपहिरो र डुबानले जिल्लाको धरान, इटहरी, रामधुनी, इनरुवा, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको तरकारी बालीमा समेत क्षति भएको कृषि ज्ञानकेन्द्रका प्रमुख उरावले बताए । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ४ : ३९ बजे

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात : ९ महिनामा ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

मिथिलामा जानकी नवमीको उल्लास

महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई