कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल « Khabarhub

कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाई मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ ।

‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो । तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केवल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ । त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैँमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको छ,’ कांग्रेस भिमाद नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले भने ।

सिंगो कम्युनिष्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको पौडेलले दाबी गरे । कम्युनिष्ट आन्दोलन दिशाहीन भएको बताउँदै उनले भने, ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य छैन्, कहाँ जाने हो ठेगान भएन । तत्काल के गर्ने हो उद्देश्य केही अत्तोपत्तो छैन् । सत्ता उपयोग गरे, शासनमा पुगे जनता झुक्काए । केही समय सत्ताको झिलीमिली देखाए । तर त्यो रामछायाँ भयो ।’ कम्युनिष्ट पार्टीहरु अस्तित्वविहीन हुँदै गइरहेको उनको जिकिर छ ।

उनले अधिनायकवादी शक्तिको प्रतीक कम्युनिष्ट पार्टी भएको बताए । अधिनायकवादी शक्ति कम्युनिष्ट छिन्नभिन्न र टुटफुट हुँदैमा मख्ख हुने बेला नआएको भन्दै कांग्रेसका नेता कार्यकर्तालाई सावधान बन्न सुझाव दिए ।

आउने निर्वाचनमा कांग्रेसले सर्वत्र विजयी प्राप्त गर्ने हैसियत बनाउनुपर्नेमा नेता पौडेलको जोड थियो । गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा