अठार अर्ब राजस्व सङ्कलन « Khabarhub

अठार अर्ब राजस्व सङ्कलन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ ।

गएको वर्षमा सो अवधिमा रु २६ अर्ब पाँच लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व सङ्कलन गरेको थियो ।

सो अवधिमा कार्यालयले लक्ष्यमा रु नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आवमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजश्वभन्दा रु दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए ।

उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल रु दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए ।

कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए ।

कार्यालयले चालु आवको साउनमा रु दुई अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा रु तीन अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा रु तीन अर्ब चार करोड ४२ हजार, मङ्सिरमा रु तीन अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा रु तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : ४३ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका