रासायनिक मल नपाउँदा किसान चिन्तित « Khabarhub

रासायनिक मल नपाउँदा किसान चिन्तित


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए ।

“मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्”, कार्यालय प्रमुख शाहले भने, “माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदासमेत पुग्दैन ।” उनले यहाँका नौ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिए ।

शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । यहाँ मलखाद भारतबाट अवैध रुपमा आयात गरेर महँगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटकपटक कृषि सामग्रीमा धाउदा पनि नपाएको पीडा सुनाए ।

“भारतबाट ल्याउ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्छ”, रानाले भने “यहाँ सरकारीले पनि मनमर्जी दररेटमा मलखाद बिक्री गर्दैछन् ।” कृषि सामग्रीले मलखाद अनुदानमा बिक्रीवितरण गरिरहेको भए पनि यहाँ लामो समयदेखि मलखादको अभाव हुँदै आएको छ ।

यस वर्ष धानखेतीको समयमा कृषिबाट एक हजार ३५ मेट्रिक टन युरिया, एक हजार १८६ मेट्रिक टन डिएपी र ४३.६ मेट्रिक टन पोटास बिक्री भएको कार्यालय प्रमुख शाहले बताए । बेदकोटस्थित इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले पहिलो चरणमा सहकारीमा ४३ बोरा युरिया आए पनि सकिएको बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ९ : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर