दुबईमा खिचियो ‘गुञ्जन’को ‘सासै चल्छ’ « Khabarhub

दुबईमा खिचियो ‘गुञ्जन’को ‘सासै चल्छ’


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘गुञ्जन’को गीत ‘सासै चल्छ पल पल तिम्रै मायाको’को दुबईमा छायांकन गरिएको छ । प्रितमराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्स रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी र विदुर पाण्डेको छायांकन छ ।

हिराकृष्ण महर्जनको निर्माण रहेको फिल्ममा द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशन छ । अष्ट विगत २ दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशकका रुपमा सक्रिय छन् ।

प्रेमकथा बोल्ने फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आइटम नृत्य छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ३६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको