अबैधानिक रूपमा बसेका आप्रवासीलाई वैधानिक बन्न कुवेतले दियो समय « Khabarhub

अबैधानिक रूपमा बसेका आप्रवासीलाई वैधानिक बन्न कुवेतले दियो समय


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको आवासीय कानून उल्लङ्घन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न सरकारले समयावधि थप गरेको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानून उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानूनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको जनाएको छ ।

अघिल्लो पटकको म्याद यही मे १५ मा सकिएको छ । योसँगै कुवेतले फेरि एक महिनाको लागि समय थप गरिएको कुवेतको आन्तरिक मामिला मन्त्री थामेर अलीलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

थप गरिएको समयभित्र पनि वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना लिने तथा कुवेतमा फेरि फर्कन नसक्ने गरी डिपोर्ट  गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कुवेतले गत वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै बैधानिक हुन वा जरिवाना तिरेर आफ्नो मुलुक फर्किन पाउने अवसर दिन थालेको हो । अहिलेसम्म चौथो पटक यो मौका दिएको हो ।

कुवेतमा रही अबैधानिक तरिकाले बसेका नेपालीहरुलाई यो अवसरको भरपुर सदुपयोग गरि मौकाको फाइदा लिन समेत त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

कुवेतमा अझै पनि एक लाखभन्दा बढी अबैधानिक रुपमा बसेका बिदेशी नागरिकहरु रहेको बताइएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : २५ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ