अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू « Khabarhub

अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू


७ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि घोषणा गरेअनुसार ३१ अगस्टसम्म अफगानिस्तान छाड्नुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबान प्रवक्ता सुहैल शाहीनले ३१ अगस्टपछि कुनै विदेश सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएका छन् । उनले घोषित समयपछि कुनै पनि बाहानामा विदेशी सेना अफगानिस्तानमा रहनुलाई कब्जा मानिने र त्यसको भयानक परिणाम हुने चेतावनी दिएका छन् ।

उता मंगलबार हुने जी सेभेनको बैठकमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपतिसँगको कुराकानीमा अझ केही समय अफगानिस्तानमा अमेरिकी सैनिक बस्नुपर्ने प्रस्ताव गर्ने सम्भावना रहेको बीबीसीले जनाएका छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न शुरु गरेपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएको छ । तर काबुल अन्तर्राष्ट्रिय विमानस्थल भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।

यसैबीच काबुलको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा गेटमा सोमबार बिहान कम्तीमा एक अफगान सैनिकको मृत्यु भएको जर्मन अधिकारीहरुले बताएका छन्।

तालिबानले सशस्त्र प्रतिरोधको पकेट हटाउन राजधानीको उत्तरमा लडाकूहरू पठाएपछि विमानस्थलको सैन्य अखडा छेउमा गोली हानाहान भएको थियो। (एजेन्सी)

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ४ : २९ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम