अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू « Khabarhub

अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि घोषणा गरेअनुसार ३१ अगस्टसम्म अफगानिस्तान छाड्नुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबान प्रवक्ता सुहैल शाहीनले ३१ अगस्टपछि कुनै विदेश सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएका छन् । उनले घोषित समयपछि कुनै पनि बाहानामा विदेशी सेना अफगानिस्तानमा रहनुलाई कब्जा मानिने र त्यसको भयानक परिणाम हुने चेतावनी दिएका छन् ।

उता मंगलबार हुने जी सेभेनको बैठकमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपतिसँगको कुराकानीमा अझ केही समय अफगानिस्तानमा अमेरिकी सैनिक बस्नुपर्ने प्रस्ताव गर्ने सम्भावना रहेको बीबीसीले जनाएका छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न शुरु गरेपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएको छ । तर काबुल अन्तर्राष्ट्रिय विमानस्थल भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।

यसैबीच काबुलको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा गेटमा सोमबार बिहान कम्तीमा एक अफगान सैनिकको मृत्यु भएको जर्मन अधिकारीहरुले बताएका छन्।

तालिबानले सशस्त्र प्रतिरोधको पकेट हटाउन राजधानीको उत्तरमा लडाकूहरू पठाएपछि विमानस्थलको सैन्य अखडा छेउमा गोली हानाहान भएको थियो। (एजेन्सी)

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : २९ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका