अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष « Khabarhub

अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बुटवल – अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएकाे छ ।

रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, कोराना महामारीका कारण सहयोग नजुट्दा लक्ष्य पूरा हुन नसकेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले बताइन् ।

अहिले अक्षयकोषबाट प्राप्त हुने ब्याज र दाताको सहयोगमै बालबालिकाको पालनपोषण भैरहेको छ। तर, खर्च जुटाउन निकै मुस्किल परेको आश्रमकी अध्यक्ष भण्डारीको भनाइ छ। ‘आगामी दिनमा अक्षयकोष एक करोड पुर्‍याउने लक्ष्य छ,’ भण्डारीले भनिन् ।

अक्षयकोष एक करोड पुर्‍याएर त्यसैको ब्याजबाट आश्रमको व्यवस्थापन खर्च र बालबालिकाको पालनपोषण तथा अध्ययनमा खर्चिने उनको योजना छ।

भण्डारीका अनुसार हालसम्म ३७ जनाले आश्रय लिइसकेका छन् । ‘अहिले नौ जना अनाथ मात्रै आश्रममा छन्,’ भण्डारीले भनिन् । आश्रममा आश्रय लिएर उच्च शिक्षा हासिल गरिसकेका २८ जना आश्रमबाट बिदा भैसकेका छन् ।

आश्रमको व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले पनि सहयोग गर्दै आएको तिलोत्तमा ६ का वडाअध्यक्ष सुकदेव न्यौपानेले बताए ।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट स्थापना भएको संस्था २०६२ सालबाट आत्मशान्ति अनाथ आश्रमको रुपमा स्थापना भएको हो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : २५ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले