रोकिएन बालुवा चोरी निकासी « Khabarhub

रोकिएन बालुवा चोरी निकासी


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा–जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्ला महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको घटना बढिरहेको बताइएको छ ।

स्थानीय प्रशासन र पालिकाको निगरानी नहुँदा प्रकृतिको दोहन बढेको हो । अवैधरूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने देखिएको छ ।जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिट्टी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एक हप्ताको अवधिमा प्रहरीले तीन ट्र्याक्टरलाई अवैधरूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको थियो ।

रामपुर नगरपालिका–१ छम्केस्थित निस्दी खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु४त ५२७१ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । निस्दी गाउँपालिका–१ डमरास्थित कालीगण्डकी नदी किनारामा अवैधरूपमा थुपारेर राखी गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा लु४त ८३०७ नंको ट्र्याक्टरलाई पनि प्रहरीले नियन्त्रण लिएको थियो ।

दुवै ट्र्याक्टरलाई केलादी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती ट्र्याक्टरका चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । रामपुर नगरपालिका–१० गौरीघाटस्थित कालीगण्डकी नदी किनाराबाट अवैधरूपमा गिट्टी, बालुवा लोड गर्दै गरेको अर्को एक ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक त्वातीले बताए । नम्बर नखुलेको सो ट्र्याक्टरका चालकलाई हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिई कारबाहीका लागि रामपुर नगरपालिकामा पठाइएको उहाँको भनाइ थियो । अवैधरूपमा गिट्टी, बालुवा खुलेआम चोरी निकासी रोकथामका निम्ति स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेको छैनन् ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधिकै मिलेमतोमा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो छ । नदी क्षेत्र सुरक्षाका लागि सरकारी संरचना निर्माणमा समेत जथाभावीरूपमा बालुवा निकाल्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने विज्ञको भनाइ छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : ४५ बजे

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको