के हो कम्प्यूटर भिजन सिन्ड्रोम ? « Khabarhub

के हो कम्प्यूटर भिजन सिन्ड्रोम ?



कम्प्यूटर, मोबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयूक्त उपकरणहरूको दीर्घकालीन उपयोगले प्रयोगकर्ताहरूको आँखामा देखिने विशेष किसिमको स्वास्थ्य सम्बन्धि समस्यालाई चिकित्सकहरू कम्प्यूटर भिजन सिन्ड्रोम भन्दछन् । यो समस्या हुँदा ब्यक्तिको शारीरिक एवं मानसिक तन्दुरूस्ती चौपट हुनुका साथै उसको आर्थिक उपार्जन समेत प्रभावित हुन पुग्दछ ।

लक्षणहरूः

लामो समय सम्म कम्प्यूटर  मोबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजनजस्ता स्क्रिनयूक्त उपकरणहरूको स्क्रिनमा लामो समयसम्म काम गरेपश्चात यदि यी लक्षणहरू देखिन्छन् भने उसलाई कम्प्यूटर भिजन सिन्ड्रोम भएको  भन्न सकिन्छ ।

आँखा पोल्ने , दुख्ने, रातो हुने, प्रारम्भिक चरणमा आँखाबाट आसु बग्दै जाने तर पछिपछि सुख्खा हुने, अगाडिको दृष्य धुम्मिएको जस्तो हुने, एउटै दृष्यलाई पनि पनि दुईटा वा दुई भन्दा ज्यादा देखिने, टाउको दुख्ने, ढाड, कमर, गर्दनमा पीडा हुने, मानसिक बेचैनी बढ्ने, शारीरिक रूपमा थकान महसुस हुने जस्ता लक्षण हुने गर्दछ ।

के कारणले हुन्छ ?

१. कम्प्यूटर या इलेक्ट्रोनिक स्क्रिनको प्रयोग गर्दा व्यक्तिको आँखा झिम्किने दर एकदम कम हुन्छ । यसरी आँखा कम झिम्किँदा आँखाको ओसिलोपन कम भई आँखा सुक्खा हुन पुग्दछ । फलतः आँखा सुजन हुने, दुख्ने, पोल्ने र रातो हुने जस्ता समस्या देखा पर्दछन् ।

२. कम्प्युटरमा प्रदर्शित अक्षरहरु बीचमा चम्किलो र छेउछेउमा कम चम्किलो हुने हुँदा आँखालाई अक्षरमा केन्द्रित हुन अतिरिक्त जोर पर्ने हुँदा आँखा प्रभावित हुन पुग्दछन् ।

३. स्क्रिनबाट उत्सर्जित प्रकाश प्रत्यक्ष रुपमा आँखामा परिरहने हुँदा यसले आँखामा अतिरिक्त तनाव उत्पन्न गरिरहने हुँदा ।

४. सामान्यतया आँखाको स्वास्थ्यको लागि आँखा तलमाथि नजिक टाढा दायाँ बायाँ लगातार छामिरहनुपर्ने हुन्छ । तर, इलेक्ट्रोनिक स्क्रिनमा काम गर्दा आँखाले यो गति गर्ने अवसर नै पाउँदैन । फलतः आँखाका मांसपेशीहरु आइवृत्तलाई एउटै पोजिसनमा बनाइराख्न झन् तनावग्रस्त भइरहनुपर्ने हुँदा आँखामा समस्या आउँदछ ।

५. कम्प्युटर भिजन सिन्ड्रोमको कारण प्रयोगकर्ताको स्थिर आसन हो, जसले शरीर एवम् इन्द्रीयहरुमा अतिरिक्त दबाब पुर्‍याउँदछ ।

बच्ने उपायहरु :

१. कम्प्युटरबाट उत्सर्जित प्रकाशको तीव्रतालाई सामान्य अवस्थामा बनाइ राखौँ । तीव्र प्रकाशले चाँडै आँखा बिगार्छ ।

२. कम्प्युटरमा काम गर्दा एकोहोरो हेरिरहने बानी त्यागेर बेलाबेलामा तल माथि, दायाँ बायाँ र स्क्रिन भन्दा बाहिर पनि हेर्ने गरौं ।

३. सामान्य अवस्थामा हाम्रो आँखा एक मिनेटमा १५ पल्टसम्म झिम्किन्छ तर कम्प्युटरमा काम गर्दा यो दर घटेर पाँच पल्ट सम्म मात्र हुन पुग्दछ । यसर्थ हरेक चार सेकेन्डमा एकपल्ट आँखा झिम्क्याउने गरौं ।

४. कम्प्युटरमा काम गर्दा चश्मा लगाएर काम गर्ने गरौं, चश्माले अतिरिक्त प्रकाशलाई आँखामा जानबाट रोक्दछ ।

५. कम्प्युटरलाई पनि विशेष दुरीमा राखेर काम गर्ने गरौं । स्क्रिनलाई आँखा भन्दा १५ डिग्री माथि राखेर काम गर्ने गरौं ।

६. आँखाको कसरत जस्तै आँखा माथि हेर्ने, तल हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने, छड्के हेर्ने र घडीको सुई घुम्ने दिशामा र सुईको विपरीत दिशामा आँखा घुमाउने गरौं ।

७. आँखाको माटो पट्टिले पनि आँखाको तनाव कम गर्दछ । माटो पट्टी विशेष प्राकृतिक उपचार पद्धति हो यसलाई विज्ञबाट सिकेर मात्र अपनाउने गरौं । माटो पट्टी नभएको खण्डमा काँक्रोको फेस प्याकले पनि आँखाको तनाव कम गर्न मद्दत गर्दछ ।

८. लगातार कम्प्युटरमा काम गर्नेहरुले बीच बीचमा ५ मिनेट आराम गर्ने गरौं ।

९. आँसु सुकेर आँखा सुक्खा हुँदै गएको खण्डमा कृत्रिम आसुको प्रयोग गरौं ।

१०. योगको त्राटक क्रियाले पनि आँखाको पावर बढाउन मद्दत पुर्‍याउँदछ । यसर्थ, दक्ष गुरुबाट त्राटक क्रिया सिकेर नियमित गर्ने बानी बसालौँ ।

(लेखक भरतपुर१ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन )

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ५ : ५५ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन