आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन « Khabarhub

आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीले साढे दुई महिना बन्द भएका मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि लामो तथा मध्यम दूरीका यातायात सञ्चालनमा आएका हुन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार लामो दूरीको सवारी खुला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधरणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा शुरू भएपछि लामो तथा मध्यम दूरीका सावारी साधन बन्द भएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १० बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा