चीनको हेनान प्रान्तमा बाढी, ५६ जनाको मृत्यु « Khabarhub

चीनको हेनान प्रान्तमा बाढी, ५६ जनाको मृत्यु


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्य चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ ।

शुक्रबारसम्म भएको अत्यधिक वर्षापछि आएको बाढी कारण प्रभावित चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितस्थलमा सारिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै जनाएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो ।

चीनमा बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोलीले सिन्सिआङ्ग बाढीको असरबारे निरीक्षण गरेको छ ।

गएको साताको अन्तिमदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड मानिस प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यो वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनेको छ । (रासस/एएनआई)

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ४५ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता