आईसीसी महिला टी-२० : कुवेतलाई हराएर शीर्षमा उक्लिने नेपालको लक्ष्य | Khabarhub Khabarhub

आईसीसी महिला टी-२० : कुवेतलाई हराएर शीर्षमा उक्लिने नेपालको लक्ष्य


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार कुवेतको सामना गर्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउँमा हुनेछ ।

मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो ।

यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ । त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो ।

यता बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्षस्थानमा छ । नेपाल, मलेसिया, हङकङ र भुटानको समान चार अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । यता, बिनाअंक कुवेत पुछारमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ५७ बजे

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक