अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए « Khabarhub

अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो । निर्वाचन क्षेत्र ‘क’ र ‘ख’अन्तर्गत पर्ने पाँच स्थानीय तहका ९६ योजनाको लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकामा २९ योजना र चौरपाटी गाउँपालिकामा १६ योजना गरी ४५ वटा योजना छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को ‘ख’अन्र्तगत मेल्लेख गाउँपालिका २५ योजना, रामारोशन गाउँपालिकामा १७ योजना र बान्नीगढी जयगढ गाउँपालिकाका ९ गरी ५१ वटा योजना छनोट भएका छन् भने प्रशासनिक खर्चको लागि दुईवटै क्षेत्रमा तीन तीन लाख बजेट विनियोजित गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकाका शिद्धेश्वर, पातलकोट, मष्टमान्डौं, देवीस्थान, घुघुरकोट, खप्तड र चौरपाटी गाउँपालिकाको वडा नं.२ सोकट, दुनी र मार्कु बढी प्राथमिकतामा परेका छन् ।

निर्वाचन क्षेत्र ‘क’अन्तर्गत सबैभन्दा वढी साँफेबगर नगरपालिकामा एक करोड ९८ लाख र चौरपाटी गाउँपालिकामा ९९ लाख बजेट विनियोजित भएको छ ।

यस्तै प्रशासनिक खर्चको लागि तीन लाख बजेट विनियोजित गरिएको छ । वडामध्येमा सबैभन्दा वढी साँफेबगर नगरपालिकाको वडा नं. ३ शिद्धेश्वरमा ३५ लाख बजेटको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : ३५ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ