अर्जुन दास हत्या प्रकरण : आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध « Khabarhub

अर्जुन दास हत्या प्रकरण : आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– घाँटी रेटेर हत्या गरिएका कैलालीको जोशीपुरका अर्जुन दास हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । मृतकका आफन्तले बिहीबार दोषीलाई पक्राउ गर्न माग गर्दै जानकी गाउँपालिका कार्यालय र वडा नम्बर ९ को कार्यालय बन्द गरेका थिए । जानकी ९ का २५ वर्षीय अर्जुन दासको गत शुक्रबार अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मृतकको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।

हत्यारालाई पक्राउ गर्न माग गर्दै शुक्रबार मृतकका आफन्तले कैलालीको लम्कीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग ४ बजेसम्म अवरुद्ध पारिएको थियो । संघर्ष समितिका संयोजक ललित परियारले हत्यामा संलग्नलाई पक्राउ नगरे चरणबद्ध रुपमा आन्दोलन गरिने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने हत्यामा संलग्न भएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए । ‘प्रहरीले आफ्नो तरिकाले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ,’ जोशीले भने, ‘आन्दोलन गरेर अहिल्यै दोषी समातिने हैन, बरु आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गरे छिटो सफलता मिल्न सक्दछ ।’

हत्यामा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । स्थानीय एक युवकले अर्जुन दाषको आफूले हत्या गरेको र आफू अहिले भारततर्फ गइरहेको भन्दै गरिएको फोन रेकर्ड प्रहरीले प्राप्त गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ३३ बजे

बच्चाको खातामा पाँच हजार’ कार्यक्रम : स्थानीयको सहभागिता न्यून

काठमाडौं– टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा

हिमाल आरोहीको सकुशल उद्धार

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने

तेहरान– इरानका विदेश मन्त्री अब्बास अरघाची र ओमानका सुल्तान हैथम

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय

स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल

काठमाडौं– सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित