जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको ८० प्रतिशत प्रगति « Khabarhub

जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको ८० प्रतिशत प्रगति


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत उत्पादन गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

कुल ४०० मिटर लम्बाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ । जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन ९ डीपीआर०को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सापकोटाले बताए ।

आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरि त्यसको सार्वजनिक सुनवाइ बाधस्थल (जगदुल्ला गाउपलिका–४ माझगाउ), सुक्खा तटीयक्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत् गृहस्थल (मुड्केचुला गाउँपालिका–४ ईल) मा पौष २,४ र ६ सार्वजानिक सुनुवाइ गरिसकेको छ । आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिना भित्र पेस गरी चैतभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य काम जारी छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ०० बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ