टीएमजे क्षेत्रमा हिमपात | Khabarhub Khabarhub

टीएमजे क्षेत्रमा हिमपात


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम र संखुवासभा जिल्लाको सीमावर्ती उच्च लेकाली क्षेत्रको तिनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो परेको हिमपातका कारण पशुचौपया र मानव जनजीवन प्रभावित भएको छ ।

पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ सेर्पाले बताए । हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ ।

जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ । हिउँले यतिबेला टीएमजे क्षेत्र ढाकेर सेताम्य बनेको छ । हिउँ परेका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधनबीच बाटोमै थन्किएका छन् । यस क्षेत्रमा पाल्दै आएका चौरी, गाईभैँसी र भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए । ‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ । जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट बनेको छ, उनले भने । खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : २४ बजे

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

लुम्बिनी– राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी

धार्मिक सामग्री उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्छ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक कार्यमा प्रयोग हुने

संवैधानिक परिषद् विधेयक : सिंहदरबार र शीतलनिवासबीच द्वन्द्व

काठमाडौँ – संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दुई दल नेपाली

बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ खाएको ठीक एक