पूर्व पोर्नस्टार मियाको टिकटकमा प्रतिबन्ध « Khabarhub

पूर्व पोर्नस्टार मियाको टिकटकमा प्रतिबन्ध


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–पाकिस्तान सरकारले टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर पनि फुकुवा गरिसकेको छ । पाकिस्तानी टेलिकम्युनिकेश अथोरिटी(पीटीए)ले यो सामाजिक सञ्जाल एपमा कन्टेन्टलाई शेयर गर्नका लागि नयाँ तरिका अपनाएको छ ।

आजतकका अनुसार पीटीएले अपनाएको नयाँ तरिका व्यक्तिगत रुपमा कसैको एकाउण्टमा प्रतिबन्ध लगाउनु हो । पीटीएले स्पोर्टस कमेण्टेटर तथा पूर्व पोर्न स्टार मिया खलिफाको एकाउण्टमाथि पाकिस्तानमा प्रतिबन्ध लगाएको छ ।

पीटीएले बिना कुनै आधिकारिक घोषणा मियाको एकाउण्टमा प्रतिबन्ध लगाएको हो । उनको एकाउण्ट के कारणले प्रतिबन्धमा पर्यो भन्ने निश्चित कारण खुलाइएको छैन ।

पाकिस्तानमा मियाका फ्यानले उनको कन्टेन्ट नभेटेपछि उनीहरुले यो विषयलाई ट्वीटरमा कुरा उठाए । मियाले ट्वीटरमार्फत नै आफ्नो एकाउण्ट प्रतिबन्धमा परेको जानकारी पाइन् ।

तर लेबनान मूलकी मियाले पीटीएको यो प्रतिबन्धलाई प्राथमिकता दिइनन् । उनले ट्वीटमा जुन कुरा लेखेकी छन्, त्यसले पाकिस्तानी फ्यानका लागि केही राहत दिएको छ ।

‘म अबदेखि आफ्नो सारा टिकटक ट्वीटरमा फेरि पोस्ट गर्दैछु । मेरो यो ती पाकिस्तानी फ्यानका लागि हो, जो फासीवादलाई मेटाउन चाहन्छन्’, उनले लेखेकी छन् ।

पाकिस्तानमा कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले मियाको समर्थन र पीटीएको कामको आलोचना गरेका छन् । उनीहरुले पीटीएलाई आफ्नो काममा ध्यान दिन सुझावसमेत दिएका छन् ।

मिया सामाजिक र मानव अधिकार सम्बन्धी मुद्धामा आफ्नो धारणा व्यक्त गर्छिन् । उनले प्यालेस्टाइनमा इजरायलले गरेको हमलाविरुद्ध आवाज उठाएकी थिइन् ।

मिया २१ वर्षको उमेरमै पोर्न उद्योगको चर्चित नाम बनेकी थिइन् । यद्यपि अहिले उनले यो उद्योग छोडिसकेकी छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १ : ५० बजे

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि