कमेडियन आदर्शलाई पितृ शोक « Khabarhub

कमेडियन आदर्शलाई पितृ शोक


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ ।

चार वर्षदेखि मृगौलाको बिरामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । आदर्शले विनोदलाई सोमबार रातिमात्र उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्‍याएका थिए ।

आदर्शले नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै राम्रो उपचारको आशमा भरतपुर अस्पताल लगेका थिए ।

बाराको जितपुरबाट आदर्शले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लैजान्थे ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : ३५ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित