केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु « Khabarhub

केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा निर्मात्री केकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटीमा पर्छिन् । उनी समय–समयमा समसामयिक राजनीतिकदेखि लिएर सामाजिक विषयबस्तुमा फेसबुकमा आफ्ना विचार सार्वजनिक गरिरहन्छिन् ।

यिनै केकीले शुक्रबार फेसबुकमा एक स्टाटस लेखिन् । उनको स्टाटसले नेपालमा सदियौंदेखि रहँदै आएको जातीय विभेदप्रति लक्षित थियो ।

‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबैभित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ । आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफैं भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्’, उनले लेखेकी छन् ।

उनले आफूबाट कहिँ कतै यस्ता खालका गल्ती भएको भए माफी दिन आग्रहसमेत गरेकी छन् ।

‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको ब्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर(ठेस)का लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु,’ उनले लेखेकी छन् ।

केही समयअघिमात्र ‘जात’कै कारण कोठा नपाएको भन्दै रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा यसले बहसको विषय पाएको थियो ।

उजुरी परेपछि आफूलाई कोठा नदिएको भनिएकी सरस्वती प्रधानलाई प्रहरीले नियन्त्रणमा लिए पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा उनी रिहा भएकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ४५ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको