अमेरिकाले पाकिस्तानी सैन्य आधार प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले सरकारसँग माग्यो स्पष्टीकरण « Khabarhub

अमेरिकाले पाकिस्तानी सैन्य आधार प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले सरकारसँग माग्यो स्पष्टीकरण


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहोर- अमेरिकाले पाकिस्तानको सैन्य आधारहरु तथा हवाई क्षेत्र प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले पाकिस्तानी सरकारसँग स्पष्टीकरण मागेको छ ।

जमात ए इस्लामीका अध्यक्ष सिरज उल हकले प्रधानमन्त्री इमरान खान समक्ष अमेरिकी भनाइप्रति स्पष्टीकरण मागेका हुन् । प्रधानमन्त्री खानको सरकारले जेनरल परभेज मुसरफको गल्ति दोहोर्‍याए ठूलो संकट निम्तिने हकले चेतावनी दिएका छन् ।

पाकिस्तानले अन्य मुलुकको युद्धमा सहभागी भएर असी हजार जनाको ज्यान गुमाएको साथै सय अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार क्षति भएको उनले टिप्पणी गरे ।

जेनरल परभेज मुसरफको नीति भन्दा फरक गर्ने दाबी गरेपनि प्रधानमन्त्री इमरान खानको सरकारले सुरुवाति पहिलो तीन वर्षमै संकटमा फसेको हकले टिप्पणी गरे ।

वर्तमान सरकारले निम्त्याएको समस्या समाधान गर्न आगामी पुस्तालाई धेरै गाह्रो हुने उनले बताए । वैदेशिक युद्ध तथा सैन्य गतिविधिमा संलग्न हुँदा आन्तरिक सुरक्षा खतरा हुने भन्दै हकले प्रधानमन्त्री खानको आर्थिक व्यावस्थापकले आर्थिक समृद्धिको झुटो प्रतिबद्धता गरेको स्टेट बैंक अफ पाकिस्तानको रिपोर्ट उल्लेख गरे ।

साथै प्रधानमन्त्री खान नेतृत्वको सरकारले भारी मात्रामा लिएको वैदेशिक ऋणबारे सार्वजनिक गर्न जमात ए इस्लामी नेता हकले माग गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : २८ बजे

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध

आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ– विश्व खाद्य सुरक्षा दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ

ट्राफिक कारबाहीबाट चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको