‘धन्दागिरी’को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक « Khabarhub

‘धन्दागिरी’को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता सबिन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ । गीतमा मिना निरौलाको स्वर, नारायण नेपालको शब्द, सूर्यकमल राईको संगीत र सञ्जय हमालको एरेञ्ज छ ।

नरेन्द्र भट्टराई (एनबी अन्जान) को निर्देशनमा बनेको फिल्मको रिलिज कोरोना महामारी र लकडाउनका कारण रोकिएको थियो । अब फिल्म दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ ।

फिल्ममा सबिनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत,सुभाष गजुरेल, सुनील कटुवाल, सबिता रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

दिनेश खड्का एसोसियट निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कुमारप्रसाद ओझा छन् । कविभक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

फिल्मको डिजिटल राइटस डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ०६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन