ईपीएलको पहिलो खेलमा काठमाडौँको शानदार जित « Khabarhub

ईपीएलको पहिलो खेलमा काठमाडौँको शानदार जित


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो खेलमा शनिबार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा  जारी संस्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा काठमाडौँले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो । काठमाडौँको जितमा विदेशी खेलाडी र्‍यान ब्रुलले ३४ बलमा ७३ रनको विस्फोटक ब्याटिङ गरे । यस्तै नेपाली खेलाडी राजु रिजालले नटआउट १९ रनको योगदान दिए भने विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।

काठमाडौँका ओपनर नेपाली खेलाडी सुवास खकुरेल शून्यमा आउट भएका थिए । यस्तै अमित श्रेष्ठले मात्र ४ रन बनाए ।

ललितपुरका लागि पवन सर्राफले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले खराब शुरुआत गरेको थियो । नेपाली स्टार ओपनर कुशल भुर्तेल शून्यमा आउट भए भने विदेशी खेलाडी सनदुन वीराक्कोडीमात्र २ रनमा आउट भए । यसपछि विदेशी खेलाडी ओसिन्डा फर्नान्डो ४ र शंकर राना १४ रनमा आउट भए ।

खराब ब्याटिङ गरेको ललितपुरलाई पवन सर्राफले ६१ रन बनाउँदै सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए । काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने विकेटबिहीन बनेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : ४५ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।