फागुन १३ मा ‘प्रेमगीत ३’ « Khabarhub

फागुन १३ मा ‘प्रेमगीत ३’


९ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दुई वर्ष अघि चैत्र २८ गते रिलिजको तयारीमा रहँदा कोभिड महामारीका कारण सरेको फिल्मले यसै वर्षको फागुन १३ गतेलाई नयाँ रिलिज मिति तोकेको हो ।

फिल्मका निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी फागुन १३ गते फिल्म रिलिज हुने जानकारी दिएका हुन् । ‘हजुरहरुको लागि एउटा ठूलो चुनौति मोलेर एउटा यस्तो कम गर्ने हिम्मत जुटाएका थियौं । कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौं । अन्तत फागुन १३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौं । केही दिनमा ट्रेलरसहित प्रमोशनमा हजुरहरु माझ आउनेछौं’, सेनले लेखेका छन् ।

सन्तोष सेन र छेतेन शेर्पाको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र कल्याण सिंह तथा एलिस कार्कीको संगीत, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ११ : ४५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको