फागुन १३ मा ‘प्रेमगीत ३’ « Khabarhub

फागुन १३ मा ‘प्रेमगीत ३’


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दुई वर्ष अघि चैत्र २८ गते रिलिजको तयारीमा रहँदा कोभिड महामारीका कारण सरेको फिल्मले यसै वर्षको फागुन १३ गतेलाई नयाँ रिलिज मिति तोकेको हो ।

फिल्मका निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी फागुन १३ गते फिल्म रिलिज हुने जानकारी दिएका हुन् । ‘हजुरहरुको लागि एउटा ठूलो चुनौति मोलेर एउटा यस्तो कम गर्ने हिम्मत जुटाएका थियौं । कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौं । अन्तत फागुन १३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौं । केही दिनमा ट्रेलरसहित प्रमोशनमा हजुरहरु माझ आउनेछौं’, सेनले लेखेका छन् ।

सन्तोष सेन र छेतेन शेर्पाको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र कल्याण सिंह तथा एलिस कार्कीको संगीत, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ११ : ४५ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी