‘किन’गीत शेयर गर्नेलाई आईफोन १३ उपहार « Khabarhub

‘किन’गीत शेयर गर्नेलाई आईफोन १३ उपहार


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेम र सस्पेन्स कथामा तयार भएको सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष रमदाम, सिद्धार्थ विश्व र ‘मिस नेपाल नर्थ अमेरिका’ गरिमा ज्ञवालीको अभिनय रहेको छ ।

शीर्ष गीतमा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्द छ । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा नारायण उप्रेतीको सह–निर्देशन र अशोक भुजेलको छायांकन छ ।

निर्देशक विश्वले यसअघि ‘तिमी र म’ र ‘२०२०’ लगायतका सर्ट फिल्म रिलिज गरिसकेका छन् ।

तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतलाई सामाजिक सञ्जालमा शेयर गर्नेमध्ये एकजना भाग्यशालीलाई आइफोन १३ प्रदान गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : १३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी