के छ प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रममा ? | Khabarhub Khabarhub

के छ प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रममा ?


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले आर्थिक स्रोत, साधन एवं समयलाई ख्याल गरेर तीव्ररूपमा विकास गर्ने बताएका छन्।

शनिबार मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सामूहिकरूपमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरे।

मुख्यमन्त्री राईले ‘न्यूनतम साझा कार्यक्रममा कोभिडबाट आम नागरिकलाई बचाउन खोपको व्यवस्था गर्ने, प्रदेशको नामाकरणलाई प्राथमिकतामा राख्ने र सुशासन कायम गर्ने भन्दै राजस्व बढाउने तथा खर्च कटौती गर्ने न्यूनतम साझा कार्यक्रमको प्रमुख उद्देश्य हो’ भने ।

उनले कृषि, सिँचाइ, मल र बीउमा किसानलाई प्रोत्साहन गर्ने भन्दै विकास निर्माणमा पर्यावरणलाई पनि बचाउन विशेष ध्यान दिने साझा कार्यक्रम भएको उल्लेख गरे । बजेटमा केही परिपार्जन गरी अनुत्पादक क्षेत्रमा छुट्याएको बजेटलाई बहुवर्षीय योजना वा नयाँ योजना लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ उनले घाटा हुने र जनहित नहुने योजना हटाउने बताए।

मुख्यमन्त्री राईले पाँच राजनीतिक दलको गठबन्धनबाट बनेको यो सरकारलाई पूर्णता दिन आन्तरिक छलफल एवं गृहकार्य भइरहेको जानकारी दिँदै गठबन्धन दलहरूको अधिवेशनका कारणले पनि सरकार विस्तार हुनमा ढिलाइ भएको स्पष्ट पारे।

अहिलेको सरकार उत्तरदायी, जवाफदेही र सहमति एवं सहकार्यलाई बढावा दिने भन्दै मुख्यमन्त्री राईले भने, “कानुनी शासन, पारदर्शी र समतामूलक समावेशीमा सरकारले विशेष ध्यान दिने छ ।” वर्तमान सरकार गठन भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले संयुक्तरूपमा सरकार न्यूनतम साझा कार्यक्रम बनाउन समिति बनाएको थियो । रासस

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ४० बजे

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर

किमाथांका– यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना