संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन् | Khabarhub Khabarhub

संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन्


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बोलाएको बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । यसअघि बसेको दलको बैठकमा भने खनाल सहभागी भएका थिएनन् ।

तर, उक्त बैठकमा माधव नेपाल र भीम रावल भने गएका छैनन् । दलको बैठकमा नेपाल–खनाल पक्षका सबै सांसदहरु सहभागी हुने भए पनि नेपाल र रावल भने बालुवाटार गएनन् ।

दलको बैठकमा सहभागी भएर खनालले आफ्नो धारणा राख्ने बताइएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पूर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ ।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट बनेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ३७ बजे

प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी

अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने

काठमाडौं- पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे

देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

देउखुरी– नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका

अर्थसंक्षेप : गत वर्ष लक्ष्यको आधा मात्रै बिजुली उत्पादन, दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल बन्ने

काठमाडौं- गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम बिजुली