रेशम चौधरीलाई भेट्न जेलमै पुगे एमाले सांसद महेश बस्नेत | Khabarhub Khabarhub

रेशम चौधरीलाई भेट्न जेलमै पुगे एमाले सांसद महेश बस्नेत


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद महेश बस्नेतले निलम्बित सांसद रेशम चौधरीलाई जेलमै पुगेर भेट गरेका छन् ।

कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद बस्नेतले भेट गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पुर्‍याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘जसपालाई सरकारमा सहभागी बनाउने पहलस्वरुप यो भेट भएको हो,’ बस्नेतनिकट स्रोतले बताएको छ ।

ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ ।

जसपाले सरकारमा सहभागिताका लागि चौधरी लगायतका सो पार्टीका नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ ।

२०७२ सालमा कैलालीको टीकापुरमा एक एसपीसहित सात प्रहरी र एक बालकको हत्या भएको काण्डका चौधरी दोषी हुन् । जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका बेला ठाकुर पक्ष भने बालुवाटारसँग निरन्तर वार्तामा रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बिहीबार आन्दोलनरत् थारु समुदायहरुका प्रतिनिधिहरूकै बीचमा पुगी चौधरी लगायतलाई रिहा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : ४० बजे

मापसे कारबाहीमा पर्नेले अब ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो

सहकारी ठगी प्रकरण : छानबिन संसदीय समितिको संयोजक सूर्य थापा

काठमाडौं- सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न नेकपा एमालेका सांसद

बढेन कर्मचारीको तलब

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८१-८२ को मा कर्मचारीको तलब, भत्ता

बजेटमा निजी क्षेत्रको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो आयो कोही भन्छन्- उत्साह जगाएन

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा निजी क्षेत्रका

बजेटमा स्वास्थ्य – ८६ अर्ब २३ करोड विनियोजन, विपन्नको उपचारमा तीन अर्ब

काठमाडौं – आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब