रेशम चौधरीलाई भेट्न जेलमै पुगे एमाले सांसद महेश बस्नेत « Khabarhub

रेशम चौधरीलाई भेट्न जेलमै पुगे एमाले सांसद महेश बस्नेत


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद महेश बस्नेतले निलम्बित सांसद रेशम चौधरीलाई जेलमै पुगेर भेट गरेका छन् ।

कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद बस्नेतले भेट गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पुर्‍याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘जसपालाई सरकारमा सहभागी बनाउने पहलस्वरुप यो भेट भएको हो,’ बस्नेतनिकट स्रोतले बताएको छ ।

ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ ।

जसपाले सरकारमा सहभागिताका लागि चौधरी लगायतका सो पार्टीका नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ ।

२०७२ सालमा कैलालीको टीकापुरमा एक एसपीसहित सात प्रहरी र एक बालकको हत्या भएको काण्डका चौधरी दोषी हुन् । जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका बेला ठाकुर पक्ष भने बालुवाटारसँग निरन्तर वार्तामा रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बिहीबार आन्दोलनरत् थारु समुदायहरुका प्रतिनिधिहरूकै बीचमा पुगी चौधरी लगायतलाई रिहा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : ४० बजे

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ