अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता खनालसहितका नेता सहभागी « Khabarhub

अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता खनालसहितका नेता सहभागी


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूहका वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा वरिष्ठ नेता खनाल लगायतका नेताहरु सहभागी भएका हुन् ।

यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । बैठकमा माधव नेपाल र भीम रावल भने सहभागी नभएको ओली पक्षका सांसद महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएका छन् । त्यस्तै ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जनाकारी दिएका छन् ।

यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय समितिहरुमा एमाले र माओवादीका नेताहरुलाई भागबण्डाका आधारमा जिम्मेवारी दिइएको थियो ।

नेकपाले मान्यता नपाएसँगै माओवादीलाई दिएका समिति सभापतिहरू हेरफेर हुनसक्ने दलका नेता ओलीले जानकारी गराएका हुन । बालुवाटार बैठकमा नेता वामदेव पनि सहभागी भएका छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पूर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ ।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट बनेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : १६ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट