आइपीएलमा बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित « Khabarhub

आइपीएलमा बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर चेन्नइ सुपर किंग्ससँग  ६९ रनले पराजित भएको हो । जारी सिजन चौंथो जित निकालेको चेन्नइ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

चेन्नइले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए । मोहमद सिराज १२ रनमा अविजित रहे । कप्तान विराट कोहली ८ रनमा आउट भए । चेन्नइका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

चेन्नइका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए ।

सुरेश रैनाले २४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा पुगेको चेन्नइको ५ खेलमा ८ अंक छ । ५ खेलमा समान ८ अंक जोडेर पनि बैंगलोर रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु