इन्द्रावतीले बगायो मेलम्चीमा तीन तले घर, तटीय क्षेत्रमा आज बाढीको उच्च जोखिम « Khabarhub

इन्द्रावतीले बगायो मेलम्चीमा तीन तले घर, तटीय क्षेत्रमा आज बाढीको उच्च जोखिम


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा  एउटा तीन तले घर बगाएको छ ।

भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको  सो घर वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले स्थानीय गोपाल दुलालको तीन तले घर बगाएको प्रहरीले जनाएको छ ।

आज यी क्षेत्रमा बाढीको उच्च जोखिम

देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, वाग्मती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।

महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ ।

यस्तै वाग्मती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : १० बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको