तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग « Khabarhub

तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् ।

मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् ।

बाढी प्रभावितले नदीलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने, बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका छन् ।

यस्तै बैंकको ऋणबाट व्यवसाय गरिरहेकालाई व्याज मिनाहा र सहुलियतको व्यवस्था मिलाउनुपर्ने, किसान, उद्योगी, व्यापारी विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्नुपर्ने, मेलम्ची र हेलम्बुमा तत्काल बेलिब्रिजको व्यवस्था गर्नुपर्ने, विद्युत् महसुलमा छुटको प्रबन्ध मिलाउनुपर्ने मागसमेत गरेका छन् ।

उनीहरुले बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि बृहत् परियोजनाका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, जीवन निर्वाह गर्न रोजगारी र उनीहरुका सन्तानलाई उच्च शिक्षासम्मका लागि सरकारले प्रबन्ध गर्नुपर्ने बताएका छन् ।

भेटपछि प्रधानमन्त्री देउवाले बाढी र पहिरोले मेलम्ची क्षेत्रमा पुर्‍याएको क्षतिका बारेमा आफू जानकार रहेको बताउँदै मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको स्पष्ट पारे ।

विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले सबैभन्दा ठूलो क्षति व्यहोरेको मेलम्चीले विसं २०७८ असार १ गते राति परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ५९ बजे

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट

एएनओ हङकङ सम्मेलनद्वारा पश्चिम एसियाका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण

काठमाडौं- एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न

एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू)

काठमाडौं- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएसम्मका लागि