बाजुराका चार पालिकामा पदाधिकारी सर्वसम्मत « Khabarhub

बाजुराका चार पालिकामा पदाधिकारी सर्वसम्मत


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराका नौ स्थानीय तहमा भएको अधिवेशनले चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको अधिवेशनले आज चार पालिकाका पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

शनिबार भएको अधिवेशनले आज बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, बूढीगंगा नगरपालिका र जगन्नाथ गाउँपालिकामा सर्वसम्मत पालिकाको नेतृत्व चयन गरेको नेपाली कांग्रेस निर्वाचन समिति बाजुराले जनाएको छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) का दुई पालिका र प्रदेश निर्वाचन क्षेत्र (ख) का दुई पालिकाको नेतृत्व आज बिहान चयन गरेको जिल्ला निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए ।

बूढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट सभापतिमा निर्विरोध निर्वाचित भएको भण्डारीले बताए । बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय र गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

यहाँका नौ पालिकामध्ये हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगवरपालिका र खप्तड छेडेदह गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको निर्वाचन अधिकृत भण्डारीले बताए ।

पालिकाको नेतृत्वका लागि आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई सहमतिमा ल्याउन पार्टीका शीर्ष नेताले प्रयास गर्दै आएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । वडादेखि पालिका प्रदेश र जिल्लास्तरमा सहमति कायम गरेर एकताको अधिवेशन बनाउने गरी पार्टीका कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए ।

उनले जिल्लाका ६९ वडामध्ये ६८ वडामा सर्वसम्मत वडा कार्यसमिति गठन गरिएको र एक वडामा मात्र मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : १८ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय