बाजुराका चार पालिकामा पदाधिकारी सर्वसम्मत « Khabarhub

बाजुराका चार पालिकामा पदाधिकारी सर्वसम्मत


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराका नौ स्थानीय तहमा भएको अधिवेशनले चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको अधिवेशनले आज चार पालिकाका पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

शनिबार भएको अधिवेशनले आज बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, बूढीगंगा नगरपालिका र जगन्नाथ गाउँपालिकामा सर्वसम्मत पालिकाको नेतृत्व चयन गरेको नेपाली कांग्रेस निर्वाचन समिति बाजुराले जनाएको छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) का दुई पालिका र प्रदेश निर्वाचन क्षेत्र (ख) का दुई पालिकाको नेतृत्व आज बिहान चयन गरेको जिल्ला निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए ।

बूढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट सभापतिमा निर्विरोध निर्वाचित भएको भण्डारीले बताए । बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय र गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

यहाँका नौ पालिकामध्ये हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगवरपालिका र खप्तड छेडेदह गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको निर्वाचन अधिकृत भण्डारीले बताए ।

पालिकाको नेतृत्वका लागि आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई सहमतिमा ल्याउन पार्टीका शीर्ष नेताले प्रयास गर्दै आएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । वडादेखि पालिका प्रदेश र जिल्लास्तरमा सहमति कायम गरेर एकताको अधिवेशन बनाउने गरी पार्टीका कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए ।

उनले जिल्लाका ६९ वडामध्ये ६८ वडामा सर्वसम्मत वडा कार्यसमिति गठन गरिएको र एक वडामा मात्र मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : १८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी