संसद विघटन ठिक थियो, चुनावमा जाने कुरा कहिल्यै गलत हुँदैन : ओली « Khabarhub

संसद विघटन ठिक थियो, चुनावमा जाने कुरा कहिल्यै गलत हुँदैन : ओली


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद विघटनको बचाउ गरेका हुन् ।

ओलीले संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेको भन्दै चुनावमा जाने कुरा कहिल्यै गलत नहुने बताएका छन् । शनिबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले संसद् विघटन गलत रहेको टिप्पणी गरेका थिए । आइतबार सोही विषयमा जवाफ दिँदै ओलीले संसदले काम नगर्न नसकेकाले ताजा जनादेशमा जाने निर्णय गरिएको भन्दै अहिले पनि संसदले काम गर्न नसकेकाले आफूले गरेको निर्णय ठिक रहेको जिकिर गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चुनावमा जान कुनै समस्या नरहेको बताएका छन् । उनले आफ्नो सरकारले अरुले पनि सिक्नुपर्ने काम गरेको दाबी गर्दै यत्रो काम गरेको पार्टीलाई चुनावमा जान कुनै समस्या नहुने बताए । उनले आफ्नै पार्टीका केही नेताहरुको कारण सरकारबाट हट्नुपरे पनि खासै क्षति नभएको उल्लेख गर्दै सम्हालिएर अगाडि बढ्ने बताए । उनले चुनावलाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए ।

अध्यक्ष ओलीले केही पनि काम नगरेकाहरु त चुनावमा जान खोजी रहेको भन्दै एमाले काम गरेको पार्टी भएको उल्लेख गरे ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ५६ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्